Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
रासायनिक मलको अभाव

चाहिने बेला मल पाएनन् किसानले, उत्पादन घट्ने पीर

गोडमेल गरेका मकै र रोप्न सुरु गरेको धानमा मल हाल्न पाएनन्
tribeni2

रुकुम पश्चिम / रासायनिक मलको अभावको कारण खेतीपातीको समय सुरु भईसक्दा पनि रुकुम पश्चिमका किसानले मलबिनै खेती गर्न बाध्य भएका छन् । गोडमेल गरेका मकै र रोप्न सुरु गरेको धानमा मल हाल्न नपाउदा उत्पादन घट्ने चिन्तामा किसानहरु रहेका छन् ।

रासायनिक मलको अभाव हरेक बर्ष झेल्दै आएको मुसीकोट नगरपालिका ४ की किसान चित्रा शर्माले बताउनुभयो । ‘धानको बीउका लागि ब्याड राख्नुपर्ने बेलामा पनि मल हाल्न पाएनौ,’ शर्माले भन्नुभयो, ‘अहिले पनि मल बिनै धान रोप्नुपर्ने बाध्यता छ ।’ खेतीपातीको सिजनको बेला मल नपाएपछि किसानहरुले मल बिनै रोपाँई सुरु गरेका छन् ।

चौरजहारी नगरपालिका १० की गोपा बिएमले मलको पर्खाईमा बसे ब्याडमै धान उम्रेला भन्ने पीर लागेको बताउनुभयो । मल बिनै खोलाको किनारतिर रहेका खेतमा रोपाई गरिएको र आवश्यकता अनुसार आकाशे पानी नपर्दा सिचाँई नपुगेका ठाउँमा रोपाई गर्न बाँकि रहेको उहाँले जानकारी दिनुभयो । रोप्ने बेला र गोड्ने बेलामा मकैमा मल आवश्यक पर्ने भएतापनि अहिलेसम्म मल नपाएको त्रिवेणी गाउँपालिका ९ का दलबहादुर ओलीले बताउनुभयो । युरिया मल बिनै गोडमेल सुरु गरेको उहाँको भनाई छ । मल ढुवानीको जिम्मा लिएका बिक्रेता तथा सहकारीले मलको अभाव रहेकोले समयमा ल्याउन नसकेको प्रतिक्रिया पाएको ओलीले उल्लेख गर्नुभयो ।

मल पाउने आशामा किसानहरु दैनिकजसो सहकारी संस्थामा धाउने गरेका छन् । बलिदान कृषि सहकारी सस्था मुसीकोटका अध्यक्ष नरबहादुर खड्काले दिनहुँ रासायनिक मलको माग गरेर किसानहरु सहकारीमा आउने गरेको बताउनुभयो । डिएपी र पोटास मल थोरै मात्रामा आएको तर युरिया मल नआएको उहाँले बताउनुभयो ।

कृषि विकास कार्यालय रुकुम पश्चिमका प्रमुख मिनबहादुर केसीले जिल्लाका किसानले मल नपाएको गुनासो बढिरहेको बताउनुभयो । कृषि सामाग्री कम्पनी, साल्ट्र टे«डिङ कर्पोरेशन तथा बिभिन्न सूचिकृत समुह तथा सहकारीले मल उपलब्ध गराउनुपर्ने केसीले उल्लेख गनुृभयो । देशभर मल अभाव रहेको भएर पनि जिल्लामा उक्त समस्या आईरहेको हुनसक्ने उहाँले जानकारी दिनभयो । खेतीपातीको मेला आवश्यक हुने मल नपाएमा उत्पादनमा समेत असर हुने उहाँको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्