Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राप्रपाले रुकुम पूर्वबाट पठायो प्रधानमन्त्रीलाई १९ बुँदे मागपत्र

२०७९ असार ३
tribeni2

रुकुम पूर्व / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुकुम पूर्वले बिहिबार प्रधानमन्त्रीलाई १९ बुँदे माग पठाएको छ । राप्रपा रुकुम पूर्वले निमित्त प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई मागपत्र पठाएको हो ।

असार १ गते पार्टीको केन्द्रिय सर्कुलर अनुसार ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेतापनि उक्त दिन रुकुम पूर्वमा सार्वजनिक बिदा परेकोले भोलिपल्ट बुझाएको राप्रपाका केन्द्रीय सदस्य केशव चन्द्र समाल (मदनशाह)ले जानकारी दिनुभयो ।

ज्ञापनपत्रमा ज्ञापनपत्रमा किसानलाई समयमै मल र बीउको व्यवस्था गरिनुपर्ने, बढ्दो महंगी र कालोबजारी नियन्त्रण गर्नुपेर्ने, भ्रष्टाचारको निश्पक्ष छानबिन र कारबाहि हुनुपर्ने मागहरु राखिएको छ । यसैगरी संघीयताको प्रादेशिक संरचना खारेज, प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुख, संविधानमै राजसंस्थाको व्यवस्था, निशुल्क स्वास्थ्य तथा शिक्षाको व्यवस्था, हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने लगायतका १९ वटा मागहरु ज्ञापनपत्रमा राखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्