Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीले आवश्यकताको आधारमा कानुन संशोधन गर्ने

२०७९ असार ३
tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आवश्यकताको आधारमा कानुन संशोधन गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विगतका दिनमा निर्माण गरेका विभिन्न कानुनहरु हेरफेर गरी आवश्यकता अनुसार संशोधन गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाको विधायन समितिका संयोजक कुलबहादुर बुढाको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । समितिका संयोजक बुढाका अनुसार गाउँपालिका स्वंयमले निर्माण गरेका कानुनहरुलाई आगामी दिनबाट व्यवहारिक रुपमा कार्यान्वयन गर्नेछ ।

स्थानीय तहमा लागु हुने ऐन, नियम, निर्देशिका, मापदण्ड, कार्यविधि आदी निर्माण गर्ने र प्रत्येक महिनाको १५ गते समितिको मासिक बैठक बस्ने निर्णय भएको मुद्धा दर्ता अधिकारी एवंम सदस्य सचिब शारदा चौधरीले बताउनुभयो ।

विधायन समितिका संयोजक कुल बहादुर बुढाको संयोजकत्वमा बसेको बैठकमा बिधायन समितिका सदस्यहरु बल बहादुर बि.क., मनोज कुमार बुढाथोकी र सदस्य सचिब शारदा चौधरीको उपस्थिति रहेको थियो । त्यस्तै बैठकमा ९ नम्बर वडा अध्यक्ष शेर बहादुर खड्का, ३ नम्बर वडा अध्यक्ष जगदिश नकाल, १ नम्बर वडा अध्यक्ष टेक बहादुर पुन र बाल अधिकार अधिकृत मानविर ओलीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्