Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मृगौला पीडित नाबालकलाई सहयोग प्रदान

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आर्थिक अभावको कारण उपचार गर्नबाट बञ्चित रहेका एक मृगौला पीडित बालकलाई सहयोग गरेको छ ।

सानीभेरी गाउँपालिका ६ नम्वर वडाका दुई बर्षका नाबालक अप्सन पुनको उपचारको लागि सहयोग गरिएको हो । नाबालकका आमालाई गाउँपालिकाको आपतकालीन बाल उद्दारकोषवाट बीस हजार रकम उपचारका लागि सहायता गरिएको सानीभेरी गाउँपालिका बाल अधिकृत मानविर ओलीले जानकारी दिनुभएको छ ।

गाउँपालिकाको आर्थिक सहयोग र गाउँपालिका बाल संरक्षण समितिको सहकार्यमा उक्त रकम मृगौला पीडितका आमालाई गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्ट, उपाध्यक्ष कमला रोका पुन, वडा नं ६ का वडा अध्यक्ष पहलसिं घर्ती र बाल अधिकृत मानविर ओली लगाएतले गाउँपालिका सिम्लीमा हस्तान्तरण गर्नुभएको हो ।

नाबालकको उपचारको लागि सहयोग गरिदिन अनुरोध गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्