Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नयाँ पाठ्यक्रम सम्बन्धी रुकुम पूर्वमा दुई दिने कार्यशाला सुरु

२०७९ असार ३
tribeni2

रुकुम पूर्व / कक्षा ९ को नयाँ पाठ्क्रम सहजिकरणको लागि रुकुम पूर्वमा दुई दिने अभिमुखीकरण कार्यशालाको सुरु गरिएको छ ।

शिक्षा विकास तथा समन्वय ईकाई रुकुम पूर्वको आयोजनामा शुक्रबार सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको रुक्मिणी माविको सभाहलमा कार्यशालाको उद्धघाटन गरिएको हो ।

परिमार्जित भएको कक्षा ९ को नयाँ पाठ्यक्रम कार्यान्वन सहजताका लागि शिक्षकहरुको सहभागितामा कार्याशाला सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पूर्वका प्रमुख तिलक गौतमले बताउनुभयो । उहाँका अनुसार कार्यशालामा जिल्लाका तीन वटै गाउँपालिकामा रहेका बिद्यालयहरुमा कक्षा ९ मा बिभिन्न बिषयमा अध्यापनरत २५ जना शिक्षकहरु सहभागी हुनुहुन्छ ।

कार्यशााको तालिमको पहिलो दिन शुक्रबार जिल्लाका विषयबिज्ञ शिक्षकहरुले बिभिन्न विषयमा सहजिकरण गर्नुभएको छ । पहिलो दिन अंग्रेजी, नेपाली, गणित र सामाजिक बिषयमा प्रशिक्षण दिईएकोे थियो । अंग्रेजी विषयमा हेमा बुढा, नेपाली विषयमा बेगम के सी र गणित विषयमा हरि बहादुर थापाले प्रशिक्षण दिनु भएको थियो । यस्तै बल बहादुर शाहीले सामाजिक विषयको प्रस्तुतीकरण गर्नु भएको थियो भने विषयगत समूह प्रस्तुतीकरण तथा छलफल पनि गरिएको थियो । तालिम तथा अभिमूखीकरण कार्यक्रम भोलिसम्म चल्ने बताईएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पूर्वका प्रमुख गौतमको अध्यक्षता रहेको उद्धाटन कार्यक्रममा रुक्मिणी मा बि विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओम प्रकाश थापा, निमित्त प्रधानाध्यापक ऋषिराम शर्मा लगाएत विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो । अभिमूखीकरण कार्यक्रमका सहजकर्ता हरि बहादुर थापाको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको संचालन बल बहादुर शाहीले गर्नु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १९:०६
प्रतिक्रिया दिनुहोस्