Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

महिला टी–२० क्रिकेटका लागि बैतडीका पाँच खेलाडी

बैतडी, १७ चैत 
tribeni2

आगामी वैशाख ७ देखी १४ गतेसम्म विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा हुने एनसेल महिला टी–२० क्रिकेटका लागि बैतडीका पाँच खेलाडी छानिएका छन् । लिगको अक्सनवाट बैतडीका रितु कुमारी कनौजिया, अञ्जली चन्द, रेखा रावल, मञ्जु बोकटी र निशा भट्ट छानीएका हुन् ।

काठमाडौंमा सम्पन्न अक्सनवाट रितुलाई कुमार कोनौजिया विराटनगर रोअरिङ लायन्सले ६५ हजार , विराटनगर रोअरिङ लायन्सले अञ्जलीलाई ५० हजार, मञ्जुलाई काठमाडौं सुपर च्याम्पियनले ५० हजार, रेखालाई धनगढी वन्डर वुमनले ५० हजार र निशा भट्टलाई पनि धनगढी वन्डर वुमनले १५ हजारमा अनुबन्ध गरेको हो ।

बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लाल बहादुर चन्दले बैतडीवाट पाँच जना खेलाडी छानिएकोमा खुसी ब्यक्त गरेका छन् । एसियाकै पहिलो महिला अक्सनमा विराटनगर रोअरिङ लायन्स,काठमाडौं सुपर च्याम्पियन,धनगढी वन्डर वुमन र भैरहवा क्विन्स फेन्चाइज टोलीले आ आफ्नो टिममा १३–१३ खेलाडी अनुबन्ध गरेका छन् ।

आइतबार ८० खेलाडी सम्मिलित अक्सनमा प्रतियोगिताका चार टिमले गरेर ५२ खेलाडी अनुबन्ध गरेका हुन् । विजेता टोलीले ट्रफीसहित १० लाख रुपैयाँ र उप विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०७५  १९:०३
प्रतिक्रिया दिनुहोस्