Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सुस्त मनस्थिती भएकी युवतिमाथि सामूहिक बलात्कार

tribeni2

दाङ / एक सुस्त मनस्थिती भएकी युवतिमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दांगमा दुई जनालाई पक्राउ गरेको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका ५ निवासी २५ वर्षीया एक युवतीमाथि सामुहिक बलात्कार भएको बताईएको छ ।

तुलसीपुर ९ दोघरेस्थित निर्माणाधीन एउटा घरमा सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिनुभयो।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले तुलसीपुर ९ दोघरेका २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरीलाई पक्राउ गरेको छ । पीडितका परिवारले शुक्रबार जाहेरी दिएपछि प्रहरीले शुक्रबार नै दुई आरोपितलाई पक्राउ गरेको हो ।

अन्य दुई जना भने फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । युवतीलाई बलात्कार गरेर बिहान ३ बजे छाडिदिएको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

युवाको समूहले युवतीलाई फकाएर एकान्तमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पीडित युवतीले घरमा गएर बताएपछि शुक्रबार मात्र घटनाको बारेमा जानकारी भएको थियो ।

पीडित युवतीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जनाईएको छ ।

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्