Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटमा जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको आठविसकोट नगरपालिका ११ गत्तसैनामा शनिबार बेलुका जिप दुर्घटना भएको छ ।

दुर्घटनामा परेर जिपका चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको बताइएकाे छ ।

जाजरकोटको रिम्नाबाट आठबीसकोट नगरपालिकाको ९ नम्वर वडा राडी तर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप शनिवार बेलुका ८ बजे दुर्घटना भएको हो ।

ईलाका प्रहरी कार्यालय आठबीसकोटका अनुसार मृत्यु हुनेमा जिप चालक बाँफिकोट गाउँपालिका ८ दुलिका कबिराम बिक र सहचालक मुसिकोट नगरपालिका ११ का कमल खड्का रहेका छन् ।

प्रहरीका अनुसार उक्त जिपमा दुइ जना मात्र रहेका थिए । जिप अनियन्त्रित भएर भेरी नदिमा खसेको बताईएको छ ।

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  २२:०६
प्रतिक्रिया दिनुहोस्