Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारी ११ को वडा कार्यालयमा तालाबन्दी

tribeni2

रुकुम पश्चिम / जिल्लाको चौरजहारी नगरपालिकाको ११ नम्वर वडा कार्यालयमा तालाबन्दी गरिएको छ । स्थानीय युवाहरुले आईतबार कार्यालयमा एक बिज्ञप्ती टाँस गरेर वडा कार्यालय ताला लगाएका हनु् ।

वडा कार्यालयको सहयोगी स्थानीयलाई नै राख्नुपर्ने माग राखेर उनीहरुले कार्यालय बन्द गराएका हुन् । स्थानीय ज्ञानेन्द्र राना, बिरबहादुर केसी, निर्मल शाह, कमला केसी र प्रेम खड्काले एक बिज्ञप्ती टाँस गरेर कार्यालय बन्द गराएका हुन् । कार्यालयमा चार वटा ताला लगाईएको छ ।

कार्यालयमा टाँसिएको बिज्ञप्ती अनुसार कार्यालय सहयोगी वडा कार्यालयले आफू खुशि राखेकोले कर्मचारी भर्ना गर्दा खुल्ला प्रतिश्पर्धाबाट स्थानीयलाई राख्न माग गरिएको छ ।

वडा सदस्य केशव ओलीले पाँच जना युवाहरुले बिज्ञप्ती टाँस गरेर कार्यालय बन्द गराएको जानकारी दिनुभयो । उहाँले कार्यालय बन्द हुँदा चार जना वडा सदस्यहरु कार्यालय बाहिरै रहेको र वडाअध्यक्षलाई कार्यालय बन्द गराएको जानकारी गराईएको छ ।

वडा अध्यक्ष आएपछि स्थानीय प्रशासनसँग बसेर छलफल हुने बताईएको छ ।

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १०:०६
प्रतिक्रिया दिनुहोस्