Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमकोटमा बाल र स्त्री रोग सम्बन्धी दुई दिने स्वास्थ्य शिविर

पहिलो दिनमै ४ सय बालबालिका र ८३ महिलाको निशुल्क चेकजाँच
२०७९ असार ५
tribeni2

रुकुम पूर्व / रुकुम पूर्व सिस्ने गाउँपालिका ५ रुकुमकोटमा बाल र स्त्री रोग सम्बन्धी दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । आईतबार र सोमबार सञ्चालन गरिने निःशुल्क स्वास्थ्य शिविर प्रतिनिधि सभा सदस्य कमला रोकाले उद्घाटन गर्नु भएको छ।

नेप्लिज एसोसिएसन अफ फोलोरिडाको आर्थिक आयोजना, सिस्ने गाउँपालिकाको युवा विकास केन्द्रको संयोजन तथा पल्मोनरी हाइपरटेन्सन एशोसिएसन नेपाल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र ग्लोबल नेप्लिज आइसीटी कोनसोरटिइमको प्राविधिक सहयोगमा रुकुमकोटमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

रुक्मिणी मावि रुकुमकोटमा बालबालिका सम्बन्धी निशल्क भेकजाँच तथा उपचार भईरहेको छ । बाल रोग विशेषज्ञ मार्फत वाथ, मुटु रोग, पल्मनरी हाइपरटेन्स स्त्रीनिङ, सास फेर्न कठिन हुने, सजिलै छिट्टै थाक्ने, बेहोस हुने, मुर्छा पर्ने, छाति दुख्ने, रिङ्गटा लाग्ने, औला फुस्रो वा निलो देखिने वा दुख्ने र पेट सुनिने लगायतको चेक जाँच भइरहेको युवा विकास केन्द्र सिस्नेका संयोजक गोपाल पुनले बताउनुभयो ।

संयोजक पुनका अनुसार स्त्री रोग सम्बन्धि स्वास्थ्य शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच तथा उपचार, स्तन क्यान्सरको जाँच, पाठेघर खस्ने समस्याको जाँच र फिस्टुला, पिसाब चुहिने समस्याको चेकजाँच लगायतका सेवा जिल्ला अस्पताल रुकुमकोटबाट प्रदान गरिएको छ ।

शिविरको पहिलो दिन आज ८३ जनाले स्त्री सम्बन्धि रोगको चेकजाँच तथा उपचार गराएका छन् भने चार सय बालबालिका बाल रोग सम्बन्धि रोगको चेकजाँच तथा उपचार गराएका छन् । चेकजाच गर्न आएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको शिविरमा संलग्न डाक्टरहरुले बताएका छन् । केहीको अवस्था शंकास्पद रहेकोले थप उपचारका लागि उपचार गराउने अस्पतालमा गएर उपचार गर्न सल्लाह सुझाव दिइएको बताइएको छ ।

युवा विकास केन्द्रका संयोजक गोपाल पुनको अध्यक्षतामा शिविर उद्घाटन कार्यक्रम गरिएको थियो । उद्घाटन कार्यक्रममा प्रतिनिधि सधा सदस्य कमला रोका, सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी, विशेषज्ञ डाक्टरहरु, रुकुमपूर्व अस्पतालमा कार्यरत डाक्टरहरु लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन युवा विकास केन्द्रका सदस्य विकास बुढाथोकीले गर्नु भएको थियो ।

स्वास्थ्य जाँचका लागि लाईनमा लागेका बिद्यार्थीहरु

 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १९:०६
प्रतिक्रिया दिनुहोस्