Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्काउट स्थापना दिवसको अवसरमा हाजिरीजवाफ

tribeni2

रुकुम पश्चिम / नेपाल स्काउटको स्थापना दिवसको अवसरमा रुकुम पश्चिममा हाजिरीजवाफ प्रतियोगिता गरिएको छ ।

आईतबार नेपाल स्काउट स्थापनाको ७० वर्ष पूरा भई ७१ औं वर्ष प्रवेशको अवसरमा जिल्लाको त्रिवेणी गाउँपालिका ३ मा रहेको श्री युवा जनजागरण माध्यमिक विद्यालय झुल्नेटामा मावि स्तरीय अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको हो ।

'जातीय विभेद विरुद्ध नेपाल स्काउट' भन्ने मुल नाराका साथ स्थानीय स्काउट कार्यालय त्रिवेणी गाउँपालिका रुकुम पश्चिमको आयोजनामा उक्त प्रतियोगिता गरिएको हो । प्रतियोगितामा सृजना ओलीको समूह प्रथम भएको शिक्षक गणेश ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा झरणा ओलीको समूह द्धितिय, इन्दा ओलीको समूह तृतीय भएको छ भने शुरेस ओलीको समुहले सान्त्वना स्थान प्राप्त गरेको छ ।

कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक कृष्णा खडका ओली, नेपाल स्काउट त्रिवेणीका संयोजक तथा सोहि विद्यालयका शिक्षक महेन्द्र खडका, विद्यालका शिक्षक तथा विद्यार्थीहरुको आथित्यता रहेको थियो भने कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक गणेश ओलीले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  २०:०६
प्रतिक्रिया दिनुहोस्