Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

घर नजिकैको भिरबाट लडेर १७ बर्षिय किशोरीको मृत्यु

tribeni2

रुकुम पश्चिम / घर नजिकैको भिरबाट लडेर १७ बर्षिय एक किशोरीको मृत्यु भएको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर १ रुँघा निवासी अस्मिता चन्दको भिरबाट लडेर मृत्यु भएको हो ।

परिवारका सदस्यले दिएको जानकारी अनुसार आईतबार दिउँसो रुँघा तलिगाउँको दिव्यचक्षु स्कुल नजिकैको भिरबाट लडेर अस्मिताको मृत्यु भएको हो ।

त्रिभुवन जनता माध्यमिक बिद्यालय मुसिकोट खलंगामा कक्षा ११ मा अध्ययनरत अस्मिता घरमा जम्मा भएको फोहोर फाल्न गएको बेला चिप्लिएर लडेको बताईएको छ । अस्मिताको घटनास्थलमै मृत्यु भएको बताईएको छ ।

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  २२:०६
प्रतिक्रिया दिनुहोस्