Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हावाहुरीका कारण बारामा २७ जनाको मृत्यु, कैयौं घाईते

काठमाडौं १८ चैत
tribeni2

हावाहुरीबाट बारामा २७ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार अहिलेसम्म जिल्लामा हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

दुई सयभन्दा धेरै घाइते भएका छन् । घाइतेको उद्दारको काम रातिदेखि नै भैरहेको र बिभिन्न अस्पतालमा उपचार भैरहेको छ । २६ वटा शव जिल्ला अस्पतालमा राखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धार कार्यमा जुट्न समेत निर्देशन दिएका छन् । बारा र पर्सा जिल्लाको केही स्थानमा डरलाग्दो हावाहुरीबाट धनजनको अकल्पनीय क्षति भएको भन्दै उनले उद्दारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशन दिएका छन् ।

जिल्लाका विभिन्न स्थानमा आँधिका कारण घरमाथी रुख ढलेको र घर भत्केर घरमा पुरीएर सो दुर्घटना भएको बाराको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए।

प्रकाशित मिति: सोमबार, चैत १८, २०७५  ०७:०४
प्रतिक्रिया दिनुहोस्