खानेपानी र विद्युतको समस्या बुझ्दै सिस्ने गाउँपालिका

२०७९ असार ६

रुकुम पूर्व / लामो समयदेखि खानेपानी र विद्युतको समस्या भोगिरहेका रुकुमकोट वासीको समस्या समाधानका लागी सिस्ने गाउँपालिकाले अग्रसरता देखाएको छ । गाउँपालिकाले नागरिकका समस्यालाई समाधानको लागी चासो दिन थालेको हो ।

जिल्लाको सदरमुकाम समेत रहेको रुकुमकोटका नागरिकले विद्युत र खानेपानीको समस्या भोकिरहेका छन । हावाहुरी र पानी पर्नासाथ जाने विद्युत र आउने धमिलो पानीका कारण रुकुमकोटका नागरिक आजित भएका हुन ।

आइतबार नेपाल विद्युत प्राधिकरण र खानेपानीको कार्यालयमा पुग्नुभएका गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले र निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले विद्युत र खानेपानीको अवस्था बिषयमा जानकारी लिनुभएको छ ।
जनताको दैनिकीसंग जोडिएका विद्युत र खानेपानीको समस्या समाधान गर्न विभिन्न निकायसगँ छलफल गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले बताउनुभयो ।

रुकुम पश्चिमका विभिन्न ठाउँमा फल्ट हुदाँ रुकुम पूर्वमा विद्युत अनियमित भएको प्राधिकरणका सुचना अधिकारी तथा इलेक्टिसियन तेजप्रकास पुनले जानकारी दिनुभयो । यस्तै धैरेनीचौरको एक फिडरबाट फिडर विभाजन नगरि सयौँ जनताका घरमा विद्युत वितरण हुदाँ विद्युत अनियमित भएको पनि उहाँले बताउनुभयो ।

नागरिकहरुले भागेको समस्याको कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा स्थानीय सरकारले छलफल गरिहेको र निष्कर्षपछि गाउँपालिकाको तवरबाट पहल कदमी लैजाने गाउँपालिका उपाअध्यक्ष रेउले बताउनुभयो ।

 

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्