Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीका ६९ घरपरिवारलाई कृषिजन्य सामाग्री वितरण

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका ६९ घरपरिवारलाई कृषिजन्य सामाग्री वितरण गरिएको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ११ का घरपरिवारलाई सामाग्री वितरण गरिएको हो ।

पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा) को आयआर्जन तर्फको कार्यक्रम अन्तरर्गत तिन वटा समुहलाई कृषि उपयोगी सामाग्री वितरण गरिएको आशाका कृषि प्राविधिक नरबहादुर खड्काले जानकारी दिनुभयो ।

सानीभेरी गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष भुपालसिङ ओलीले एक कार्यक्रमका बिच किसानहरुलाई सामाग्री उपलब्ध गराउनुभएको हो । ।

सामाग्री पाउनेहरुमा जलबायुमैत्री अपागं लापा समुह, अर्माडाँडा गतेरी साधनकोसी लापा समुह र काफलबोट रानीच्युरा लापा समुह रहेका छन ।

सुरुमा किसानलाई मकैको विउ वितरण गरिएको कार्यक्रममो निरन्तरतामा यो हिजो मकै खन्ने सामाग्री, त्रिपाल, विषादी सामान प्रयोगका लागी डरम र औषधी छर्ने ट्यान्की वितरण गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्