Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्लाह सुझाव सहित वडा परिषद शुरु

२०७९ असार ६
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नम्बर १०ले पार्टी प्रतिनिधि पूर्व जनप्रतिनिधि शिक्षक बुद्धिजीवी महिला दलित जनजाति अपांग जेष्ठ नागरिक बालबालिका युवा पत्रकारहरुको तर्फबाट योजना तर्जुमा गर्न वडामा सल्लाह सुझाव लिएको छ ।

सुशासन सामाजिक विकास भौतिक पूर्वाधार लक्षित वर्ग कृषि पशुपालन पर्यटन कला संस्कृति जगेर्ना आयआर्जन लगाएतका विषयमा सल्लाह सुझाव लिएको हो ।
सल्लाह सुझाव संकलनमा सहभागी मध्ये प्रतिनिधिहरुले टिन मुक्त विद्यालय ,खेलमैदान कृषि तथा पशुपालन पकेट क्षेत्र घोषणा गर्दै दिर्घकालिन योजना निर्माण गरि बजेट बिनियोजित गर्नुपर्ने सहभागीहरुको भनाइ रहेको छ ।

वडा अध्यक्ष टिकाराम खड्काको अध्यक्षता र वडा सचिव पूर्णबहादुर डाँगीको सन्चालन रहेको उक्त कार्यक्रममा जनप्रतिनिधि, वडा सचिव, पूर्व जनप्रतिनिधि बुद्धिजीवी शिक्षक कर्मचारी लगाएतको उपस्थिति रहेका थियो ।

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्