Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानको दमाचौरमा राष्ट्रपति रनिङ शिल्ड हुदैँ

tribeni2

सल्यान / यस बर्षको राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय खेलकूद प्रतियोगिता सल्यानको दमाचौरमा हुने भएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ स्थित भानुभक्त मा.वि. दमाचौरको खेलमैदानमा हुने जिल्ला खेलकूद विकास समिती सल्यानले जनाएको छ । शिल्ड असार १०, ११ र १२ गते हुने छ ।

प्रतियोगितामा जिल्लाका सबै पालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डबाट छनौट भएका कक्षा १२ सम्म अध्ययनरत १८ बर्षमुनिका खेलाडीहरु मात्रै सहभागि हुने छन ।
शिल्डमा छात्रछात्रा भलिवल, छात्रछात्रा कवड्डी, छात्रछात्रा कराँते र छात्रछात्रा एल्थेटिक्स प्रतियोगिताहरु सञ्चालन हुने जिल्ला खेलकूद विकास समिती सल्यानका अध्यक्ष खड्ग आचार्यले जानकारी दिनुभयो ।

राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगितामा खेलक्षेत्रको विकास र खेलाडीहरुलाई प्रोत्साहित गरिने जिल्ला खेलकूद विकास समिती सल्यानले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्