Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

समन्वयका कर्मचारीलाइ सात कुकुरले टोकेपछि गम्भिर घाइते

tribeni2

हुम्ला / जिल्ला समन्वय समिति हुम्लाको कर्मचारी सातवटा कुकुरले टोकेर गम्भिर घाइते हुनुभएको छ । जिल्लाको सिमकोट गाउँपालिका–५ की सप्पा रावतलाई मङ्गलबार बिहान सात वटाभन्दा बढी कुकुरले टोकेका हुन । खेतीपाती गोडमेल गर्न जानेक्रममा कुकुरले टोक्दा उहाँको अवस्था गम्भीर रहेको बताइएको छ ।

सिमकोट गाउँपालिका–५ को सिम क्षेत्रको रानीबनबाट आएको सातभन्दा बढी कुकुर आएर आफ्नो जग्गामा गोडमेल गर्दै गरेकी रावतलाई टोकेर घाइते बनाएको आफन्त विष्णु रावतले बताउनुभयो । गोडमेल गर्दै गरेको जग्गामा छाडा कुकुरले टोकेर घाइते भएर लडेकी रावतलाई खेल मैदानमा फुटबल प्रशिक्षण गर्दै गरेका विष्णु रावत लगाएतको टिम गएर अस्पतालसम्म बोकेर उद्धार गरेको थियो ।

अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले घाइतेको अवस्था गम्भीर रहेको र उहाँलाई जिल्ला बाहिर रिफर गरिएको बताउनुभयो । टाउको,शरिरको पछाडीको भाग, तिघ्रा, हात खुट्टा लगाएतका भागमा कुकुरले टोकेर जताततै घाउ बनाएको उहाँले बताउनुभयो । उहाँको टाउकोमा गहिरो घाउ बनेको छ ।

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्