Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रवि लामिछानेद्वारा 'राष्ट्रिय स्वतन्त्र पार्टी' काे घोषणा, चुनाव चिन्ह घण्टी

tribeni2

काठमाण्डाै / सञ्चारकर्मीको पेसा छाडेर राजनीतिमा लाग्नुभएका रवि लामिछानेले नयाँ पार्टी घोषणा गर्नुभएको छ । 

काठमाण्डौको राष्ट्रिय सभा गृहमा एक कार्यक्रममा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्दै लामिछानेले आजसम्मको योगदान, लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिका लागि पुराना दल र नेताहरूलाई धन्यवाद दिँदै आफू अरू पार्टीमा नजाने बताउनुभयो । 

उहाँले अहिलेसम्मका सबै दलले नागरिकको सेवा गर्छाैँ भनेर झुट बोलेको र आम नागरिकको जीवनशैलीमा कुनै सकारात्मक परिवर्तन नआएकाले आफू राजनीतिमा आउन बाध्य भएको पनि बताउनुभयो । 

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह 'घण्टी' प्रस्तावित गरेको  बताउनुभयाे । 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्