Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
नेपाली काँग्रेस

काँग्रेस बैठक अनिश्चित कालका लागि स्थगित

काठमाडौँ २३ चैत ।
tribeni2

नेपाली काँग्रेसको शनिबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी अनिश्चितकालका लागि स्थगित भएको छ ।

काँग्रेसले केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्ड गठन, केन्द्रीय विभागका संयोजक तोक्नेलगायत समसामयिक विषयमा छलफल गर्न बैठक बोलाईएको थिए । कार्यसम्पादन समितिमा सहमती नजुटेपछि बैठक बस्दै नबसी स्थगीत भएको हो । यसअघि शुक्रबार देउवा निवासमा भएको छलफलमा सभापती शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबिच सहमती भएको बताईएको थियो ।

समितिका लागि थप छलफल गरेर सर्वसम्मत रुपमा छान्नु पर्ने भएकाले बैठक स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

शुक्रबार अपरान्ह सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमासभापति देउवा ६०–४०को अनुपातमा भए पनि कार्यसम्पादन समिति मिलाएर गठन गर्न सहमत भएको बताईएको थियो ।

त्यसका लागि देउवाले वरिष्ठ नेता पौडेललाई आफ्नो कोटाबाट पदाधिकारी बाहेक ७ देखि ८ जनाको नाम दिन भनेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  १६:०४
प्रतिक्रिया दिनुहोस्