Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबीसकोटमा भएको राष्ट्रपति रनिङ शिल्ड चौरजहारीको हातमा

tribeni2
  • सत्य बटाला

रुकुम पश्चिम / रुकुम पश्चिमको आठबिसकोटमा चलेको १२ औं राष्ट्रपति रनिङ शिल्ड चौरजहारी नगरपालिकाले जितेको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा आठबीसकोटको नगरपालिका ९ स्थित वालकल्याण माविमा भएको रनिङ शिल्डमा १७ पदक ल्याएर चौरजहारीले जित हाँसिल गरेको हो ।

चौरजहारीले १० स्वर्ण, ५ रजत र २ कास्य गरी कुल १७ पदक जित्न सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेस कुमार शर्माले बताउनुभयो।

उहाँका अनुसार आठबिसकोट नगरपालिकाले दोश्रो स्थान प्राप्त गरेको छ । उसले ९ स्वर्ण, ७ रजत र ७ कास्य पदक प्राप्त गरेको छ । अठबिसकोटले कुल २३ पदक जितेको छ । शिल्डमा बाँफिकोट गाउँपालिका ३ स्वर्ण, ६ रजत र १० कास्य सहित तेस्रो भएको छ । उसले कुल १९ पदक जितेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । शिल्डमा सानीभेरी गाउँपालिकाले तस्रो स्थान ल्याएको छ ।

स्थानीय तह बनेपछि जिल्लामा पहिलो पटक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड भएको हो ।

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्