Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पाइलट गुमाएको रुकुमले एक महिना नबित्दै इन्जिनियर गुमायो

एउटै गाउँका पाइलट र इन्जिनियरको दुर्घटनामा परेर मृत्यु
tribeni2

रुकुम पश्चिम / सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै बोलेरो जिप दुर्घटनामा परेको छ । बा झ ८७८४ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी राम प्रसाद घर्तीका अनुसार दुर्घटनामा परेर रुकुम पश्चिमको चौरजहारी ३ निवासी २८ बर्षका इन्जिनियर धर्मराज बुढोथोकीको ज्यान गएको छ । जिप सडकबाट करिव २० मिटर तल खसेको बताईएको छ ।

अछाम र दैलेख सीमानामा पर्ने असराघाटस्थित कर्णाली नदीको वहाव मापन केन्द्रको अवस्था बुझेर फर्किदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखी माथि मोडमा दुर्घटनामा परेको कार्यालयका प्रमुख विनोद पराजुलीले जानकारी दिनुभयो ।

दुर्घटनामा ज्यान गुमाउनुभएका बुढाथोकी जल तथा मौसम विज्ञान कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । उहाँ गत जेठ २७ गतेका दिन लोक सेवा आयोगको कार्यालय सुर्खेतबाट जल विज्ञान सहायक पदमा सिफारिस हुुनुभएको थियो । 

गत जेठ १५ गते मुस्ताङको थासाङ गाउँपालिका २ सानोसेरेमा भएको तारा एयरको विमान दुर्घटनामा परेर सोहि गाउँकै उत्सव पोखरेलको ज्यान गएको थियो । उत्सव तारा एयरको कोपाईलटको रुपमा कार्यरत हुनुहुन्थ्यो । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान दुर्घटना हुँदा उत्सव सहित २२ जनाको ज्यान गएको थियो ।

रुकुमबाट उदाएका उत्सव अस्ताए मुस्ताङमा

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १९:०६
प्रतिक्रिया दिनुहोस्