Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा शिक्षकहरुलाई २ दिने अभिमुखीकरण

२०७९ असार ९
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा नयाँ पाठ्यक्रमको विषयमा शिक्षकहरुलाई २ दिने अभिमुखीकरण दिइएको छ ।

शिक्षा बिकास तथा समन्वय ईकाई रुकुम पूर्वको आयोजनामा बुधबार सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको रुक्मिणी मा बि को सभाहलमा कार्यशालाको उद्धघाटन गरिएको थियो।

परिमार्जित भएको कक्षा ७ को नयाँ पाठ्यक्रम कार्यन्वयन सहजताका लागि जिल्लाका सवै विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको लागि तालिमको आयोजना गरिएको शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पूर्वका प्रमुख तिलक गौतमले बताउनु भयो ।

कार्यशालामा जिल्लाका ३२ जना शिक्षकहरुको सहभागिता रहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्