Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्ने गाउँपालिकाको नीति तथा कार्यक्रम पेश

२०७९ असार ९
tribeni2

रुकुम पूर्व / रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेको छ । आज गाउँपालिका अध्यक्षले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो ।

गाउँसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पहिलो प्राथमिकतामा शिक्षा र कृषिलाई दोस्रो प्राथमिकतामा राखिएको छ ।

“आधारभूत शिक्षामा समान पहुँच अनिवार्य, प्रविधिमा आधारित गुणस्तरिय शिक्षा अपरिहार्य” भन्ने नारासहित शिक्षामा विभिन्न कार्यक्रमहरु ल्याइएको छ।

गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री, पूर्वाधारयुक्त, गुणस्तरीय र सुशासनयुक्त बनाउनुका साथै वार्षिक शैक्षिक तालिका, परीक्षा प्रणाली, प्रतिवेदन र लेखाङ्कनलाई एकरुपता बनाईने नीति तथा कार्यक्रममा भनिएको छ ।

शैक्षिक क्षेत्रमा देखापरेका कमिकमजोरी हटाई क्रमशः सुधार गर्दै लैजान सरोकारवाला पक्षहरुसँगको समन्वयमा अनुगमन तथा नियमन कार्यमा जोड दिइनेछ । मापदण्ड सहितका विद्यालय भवन निर्माण, फर्नीचरको उपलव्धता, विद्यालयमा खानेपानी शौचालयको सुविधा, खेलकुद मैदान निर्माण तथा पुस्तकालय एवं शैक्षिक सामाग्रीको सहयोग गर्ने नीति गाउँपालिकाले लिएको छ ।

प्रभावकारीताको आधारमा आगामी वर्षहरुमागाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा शिक्षक दरवन्दी मिलान, शिक्षक नियुक्ति, शिक्षक सरुवा तथा विद्यालय कर्मचारी नियुक्ति प्रक्रियालाई व्यवस्थित, नियमसंगत र पारदर्शी बनाउन जोड दिइनेछ ।
विद्यालयहरुको अनुगमन प्रतिवेदनका आधारमा विद्यालय सार्ने, मर्ज गर्ने, बन्द गर्ने र अनुमती प्रदान गर्ने कार्यलाई व्यवस्थित गर्दै निरन्तरता दिइने कुरा नीति कार्यक्रममा समेटीएको छ ।


सिस्ने गाउँपालिकाभित्र रहेका सबै माध्यमिक स्तरमा बृहत्तर यौनिकता तथा प्रजनन स्वास्थ्य किशोरकिशोरी मैत्री सूचना केन्द्र स्थापना गरीएकोले यस आ. व. मा आवश्यक बजेटको व्यवस्था गरी किशोरीमैत्री सूचना केन्द्रको स्तरोन्नती गरिनेछ ।

गाउँपालिकाले आर्थिक वर्षको नीति कार्यक्रम क्रमशः शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन र उद्योगलाई प्राथमिकतामा राखेर प्रस्तुत गरेको छ।

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्