Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विपद व्यवस्थापन पूर्व तयारीका लागी साझा सभा

२०७९ असार १०
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा विपद व्यवस्थापन पूर्व तयारीका लागी सरोकारवाला निकाय बिच साझा सभा गरिएको छ । शुक्रबार बिहान जिल्ला सदरमुकाम मुसिकोटमा उक्त कार्यक्रम गरिएको हो ।

मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) रुकुम पश्चिमको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिमका पूर्व सभापति शिवराम खत्रीले प्रकोप र प्रकोप व्यवस्थापनको विषयमा प्रस्तृतिकरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमले विपद व्यवस्थापनको लागी नीतिगत रुपमा नै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । यसका लागी जिल्लाका सवै स्थानीय तहहरुमा विपद व्यवस्थापनको पुर्व तयारीको लागि एकरुपता ल्याउन जिल्ला समन्वय समितीले समन्वय गर्ने पनि उहाँले बताउनुभयो । विपद व्यवस्थापनलाई यो वर्ष देखी नमुना बनाउने गरि अघि बढ्न सरोकारवाला निकाय सबैलाई उहाँले अनुरोध गर्नुभयो ।

कार्यक्रममा उपस्थित सबैले आगामी दिनमा विपद व्यवस्थापनको लागि एकद्धार प्रणालीबाट अघि बढ्नुपर्ने सुझाव राखेका थिए ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक परमानन्द घिमिरेको अध्यक्षता, हरप्लेसका कार्यक्रम संयोजक माया बोहराको सन्चालन रहेको उक्त कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरिक्षक विष्णुप्रसाद सोती, जिल्ला स्थित सघंसस्था तथा कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायत सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्