Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनताको आवास सुरक्षित गर्न खरका छानामुक्त गर्दै आठबिसकोट

नौ सय घरलाई जस्तापाता वितरण गरिदै
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले नगरपालिकालाई खरको छाना मुक्त बनाउने कार्यक्रम अघि बढाएको छ । शुक्रबारबाट नगरपालिकाले पहिलो चरणमा नौ सय घरपरिवारलाई जस्तापाता वितरणको कार्य सुरु गरेको छ ।

नगरप्रमुख रबि केसीले खरको छानाको कारण् आगलागी बढी हुने र मानवीय क्षति समेत हुने भएकोले यस्तो कार्यक्रम ल्याएको बताउनुभयो । आगलागीबाट हुने भौतिक तथा मानवीय क्षति कम गर्न र जनतालाई सुरक्षित आवासको महसुश गराउन खरका छानामुक्त गर्न थालिएको नगरप्रमुख केसीले जनाउनुभयो । उहाँले आजदेखि नगरपालिकाभर जस्तापाता वितरण गर्न थालिएको जानकारी दिनुभयो ।

अब नगरपालिकाले वडा अनुसार जस्तापाता विरतण गर्ने जनाएको छ । नगरपालिकाले खरका छाना भएका घरहरुको संख्या भने पहिले नै संकलन गरिसकेको छ । वडा नम्वर १ मा ५० घरपरिवारलाई जस्तापाता वितरण गरिने छ भने २ मा ४६ घरपरिवार, ३ मा ८७ घरपरिवार, ४ मा ४४ घर परिवारलाई वितरण गरिनेछ ।

त्यस्तै ५ नम्वर वडामा ५१ घरपरिवार, ६ मा ५५ घरपरिवार, ७ मा ४३ घरपरिवार, ८ मा ३६ घरपरिवारलाई र ९ मा ५३ घरपरिवारलाई जस्तापाता वितरण गरिने छ । नगरपालिकाले वडा नम्वर १० मा ७१ घरपरिवार, ११ मा ७२ घरपरिवारलाई, १२ मा ५८ घरपरिवार, १३ मा ४१ घरपरिवार र १४ मा ४० घरपरिवारलाई जस्तापाता वितरण गरिने छ ।

यसका साथै अति विपन्न अन्य घरपरिवारलाई समेत जस्तापाता वितरण गरिने छ । नगरपालिकामा फुसका छाना हटाइ जस्तापाताको छानोमुनी जनता ल्याउने कार्यक्रम अन्तर्गत १३ करोड बजेट विनियोजना गरिएको थियो । पहिलो चरणमा ९ करोडको जस्तापाता खरिद गरिएको र बाँकी आवश्यकताको आधारमा थप जस्तापाता खरिद गरिने पनि नगरपालिकाले बताएको छ । 

तस्बिर साैजन्य : सत्य बटाला

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्