शशांक कोइराला

सरकारले धन्यवाद दिने एउटा काम पनि गरेनः शशांक

काठमाडौ २३ चैत ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको गतिविधि संघियता विरोधी भएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीमा शक्ति केन्द्रित गरेर सरकारले संघियता विरोधी कार्य गरेको आरोप लगाएका हुन् ।

नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले नयाँ वर्ष २०७६ तथा प्रसिद्ध बिस्काः जात्राको अवसरमा नगदेशको छ्वासटोलमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा महामन्त्री डा. कोइरालाले मुलुक गरे ।

सरकारको एक वर्षे काम धन्यवाद दिने खालको पनी नभएको भन्दै उनले सरकारले गर्नुपर्ने कामको ठोस योजना नै प्रस्तुत गर्न नसकेको बताए ।

प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  १६:०४
प्रतिक्रिया दिनुहोस्