Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरी गाउँपालिकामा ७० करोड बढीको बजेट पेश

२०७९ असार १०
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिका आर्थिक बर्ष ०७९/०८० को बजेट गाउँ सभामा पेश गरिएको छ । शुक्रबार गाउँपालिका उपाध्यक्ष कमला रोकाले गाउँपालिकाको ११ औ गाउँसभामा वजेट वक्तव्य पेश गर्नुभएको हो ।

उपाध्यक्ष कमला रोकाले पेश गरेको वजेट वक्तव्यमा आय तर्फ जम्मा ७० करोड ५५ लाख ९० हजारको वजेट पेश गरिएको छ । जसमा संघीय सरकार अन्तरसरकारी बित्तिय हस्तान्तर समानीकरण तर्फ १० करोड २५ लाख, संघीय सरकार राजस्व बाँडफाँट अनुदानतर्फ ९ करोड २३ लाख ५० हजार, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान २१ करोड ७९ लाख, संघीय सरकारबाट प्राप्त बिशेष अनुदान ५० लाख आय हुने अनुमान गरिएको छ ।

त्यसैगरी संघीय समपुरक अनुदान ५० लाख, प्रदेश सरकारवाट प्राप्त हनुे समानीकरण अनदुान ९७ लाख ६८ हजार, प्रदेश सरकारवाट प्राप्त हनुे राजस्व वाँडफाँट अनदुान ५ लाख १२ हजार, प्रदेश सरकारबाट प्राप्त हुने समपुरक अनुदान तर्फ १ करोड ५० लाख, प्रदेश सरकारवाट प्राप्त बिशेष अनुदानतर्फ ६० लाख आय हुने वजेट पेश गरिएको छ ।

प्रदेश सरकारवाट प्राप्तहुने सशर्त अनुदान ३ करोड ६० लाख १० हजार, गाउँपालिकाको गत बर्षको मौज्दात २ करोड, गाउँपालिका सरकारको आन्तरिक श्रोत १ करोड ५० लाख, गरिबसँग बिश्वेश्वर कार्यक्रम ५ लाख ५० हजार, एकिकृत स्वास्थ्य पूर्वाधार निर्माण ९ करोड र सामाजिक सुरक्षा तर्फ ९ करोड आयतर्फको बजेट पेश गरिएको छ ।

वजेट वक्तव्यको पूर्व विवरण :

सानीभेरी गाउँपालिकाको वजेट २०७९

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्