सोसल मिडिया
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४९ करोड बढीको वजेट वक्तव्य ल्याएको छ । शुक्रबार गाउँपालिकाको सातौ गाउँसभामा गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले ४९ करोड ३५ लाख ६५ हजार ४२२ रकमको बजेट पेश गर्नुभएको हो ।
कुल विनियाेजित बजेट मध्य चालुतर्फ ३६ करोड ८० लाख ६५ हजार ४२२ बजेट बिनियोजन गरिएको छ भने पुँजीगत तर्फ १२ करोड ५५ लाख बजेट बिनियोजन गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष रेउलेले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतहरुमध्ये आन्तरिक राजश्वबाट रु. १ करोड, संघीय सरकार वित्तीय समानीकरण अनुदानबाट रु. ९ करोड ५६ लाख, संघीय सरकार सशर्त अनुदानबाट रु. २२ करोड २१ लाख, संघीय सरकार समपूरकतर्फ रु. १ करोड र संघीय विशेषतर्फ रु. १ करोड, संघीय सरकार राजश्व बाँडफाँडबाट रु. ८ करोड ५ लाख ८७ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट रु. ९२ लाख २१ हजार रहेको जानकारी दिनुभयो ।
उहाँले प्रदेश सरकार सशर्त अनुदानबाट रु. २ करोड ७५ लाख ५० हजार, प्रदेश सरकार समपूरकतर्फ रु. १ करोड र प्रदेश सरकार विशेषतर्फ रु. ८० लाख, प्रदेश सरकार राजश्व बाँडफाँडबाट रु. ५ लाख ७ हजार ४ सय २२ र आर्थिक वर्ष २०७८/०७९ मा खर्च नभई बचत हुने रकम रु. १ करोड बजेट प्रक्षेपण गरेको जानकारी गराउनुभयो । बजेट उपर सभामा छलफल सुरु भएको बताईएको छ ।
यस्तो छ बजेटको पूर्ण विवरण :
त्रिवेणी गाउँपालिका, रुकुम पश्चिमको आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य