नेभिगेशन
अर्थ/वाणिज्य

सिस्नेमा ५६ करोड ७६ लाखको बजेट पेश

रुकुमपूर्व / रुकुमपूर्वको सिस्ने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ५६ करोड बढीको बजेट गाउँसभामा पेश गरेको छ ।

शुक्रबार गाउँपालिकाको एघारौं गाउँपालिका अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले ५६ करोड ७६ लाख ४० हजार ४६४ को वजेट पेश गर्नुभएको हो ।

शिक्षा, कृषिलाई प्राथमिकतामा राखेर बिहिबार नीति तथा कार्यक्रम ल्याएको गाउँपालिकाले शुक्रबार वजेट ल्याएको हो । उपाध्यक्ष रेउलेले आगामी आर्थिक वर्षको लागि गाउँपालिकाको संघीय सरकार समानीकरण अनुदान १२ करोड २४ लाख, संघीय सरकार सशर्त अनुदान २२ करोड ९७ लाख, संघीय सरकार राजश्व बाँडफाँड आठ करोड ९८ लाख ४७ हजार को वजेट पेश गर्नुभएको छ ।

त्यसैगरी संघीय सरकार विशेष अनुदानतर्फ एक करोड ७० लाख, संघीय सरकार समपुरक अनुदान दुई करोड २० लाख, आर्थिक वर्ष २०७८/७९ को अल्या बजेट दुई करोड १४ लाख ४१ हजार ४६४ रहेको वजेट गाउँ सभामा पेश भएको छ ।

गाउँसभामा पेश गरेको बजेटमा प्रदेश सरकार समानीकरण अनुदान ६६ लाख ६४ हजार, प्रदेश सरकार सशर्त अनुदान एक करोड २० लाख, प्रदेश सरकार विशेष अनुदान ६० लाख, प्रदेश सरकार समपूरक अनुदान एक करोड ५० लाख रहेको छ । यसैगरी प्रदेश सरकार राजश्व बाँडफाँड ५५ लाख ८८ हजार र आगामी गाउँपालिकाको राजश्व अनुमान दुई करोड रहेको छ ।

आजै वजेट उपर छलफल सुरु गरिने बताईएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य