Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा नगर बस र मोटरसाईकल ठोक्किदा तीन जना घाईते

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारीमा नगरबस र मोटरसाईकल एक आपसमा ठोक्किदा तीन जना घाईते भएका छन् । शुक्रबार चौरजहारी नगरपालिका ३ मा बस र मोटरसाईकल ठोक्किदा तीन जना घाईते भएको इलाका प्रहरी कार्यालय चौरजहारी जनाएको छ ।

कर्णाली प्रदेश ०२–०१–ख १७८ नम्बरको नगर बसले र भे ५ प २७७३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ तीन जना घाईते भएको इलाका प्रहरी कार्यालय चौरजहारी प्रमुख प्रहरी निरिक्षक झलक शर्माले बताउनुभयो ।

घाईते हुनेहरुमा चौरजहारी नगरपालिका ४ का १५ बर्षिय प्रवेशिका बुढा, १४ बर्षिया पुर्णिमा राना र १६ बर्षिया सुवास बिक रहेका छन् । घाईते तीनै जनाको चौरजहारी अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो ।

चौरजहारी १ बसपार्कबाट १४ नम्बर नुवाकोट तर्फ गईरहेको नगरबसमा मोटरसाईकल ठोकिदा दुर्घटना भएको हो ।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्