Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठविसकोटको मुख्य प्राथमिकतामा कृषि, ६७ करोड बढीको बजेट

करार कर्मचारीहरुकाे तलब वृद्धि
tribeni2
  • सत्य बटाला

रुकुम पश्चिम / शुक्रबार रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेश गरेको छ । नगरसभामा नगर प्रमुख रवि केसीले नीति तथा कार्यक्रम र उप प्रमुख धनकुमारी शाहीले वजेट वक्तव्य पेश गर्नुभएको हो ।

नगर प्रमुख केसीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन लाई पहिलो प्राथमिकता दिइएको छ भने शिक्षा, स्वास्थ्य, रोजगार, सडक, खानेपानी तथा सरसफाइ, सिचाँइ, युवा तथा खेलकुद, वन तथा वाताबरण, बिद्युत लगायतका कार्यक्रमहरु समाबेश गरिएको छ । त्यसैगरी सुचना र सञ्चार, कला, संस्कृति, सहकारी, पर्यटन र औद्योगिक बिकास निर्माण लगायतका कार्यक्रमहरु पनि समाबेश गरिएको छ ।

नगर सभामा नगर उप प्रमुख धनकुमारी शाहिले ६७ करोड ६३ लाख २५ हजार ४५० रुपैयाँ बजेट प्रस्ताव गर्नुभएको छ । विनियोजन बजेट मध्य चालु तर्फ ४४ करोड ३३ लाख २५ हजार ४५० र पुँजीगततर्फ २३ करोड २९ लाख ९९ हजार ९९८ रकम विनियोजन गरिएको छ ।

प्रस्तावित कुल विनियोजन रकम मध्ये संघीय समानीकरण अनुदानतर्फ १२ करोड १३ लाख रकम विनियोजन गरिएको छ । त्यसैगरि संघीय सरकारवाट राजश्व वाँडफाँडवाट प्राप्त हुन आएको रकम १३ करोड ६५ लाख २१ हजार, प्रदेश सरकारवाट बितिय समानिकरण अनुदान १ करोड २१ लाख ७७ हजार, प्रदेश सरकारबाट राजश्व वाँडफाँडवाट प्राप्त हुन आएको रकम २० लाख ७७ हजार ४ सय ४८ रुपैयाँ, संघीय सरकारवाट सर्शत अनुदान २२ करोड ८१ लाख, विशेष अनुदान २ करोड १० लाख र समपुरक अनुदान रकम १ करोड ६० लाख विनियोजन गरेको छ ।

त्यसैगरी प्रदेश सरकारको शर्सत अनुदान ७६ लाख ५० हजार र स्थानीय राजश्व वाँडफाँड तथा स्रोत परिचालन गरि आन्तरिक आयतर्फ ३ करोड ८५ लाख अनुमान गरिएको छ ।

जसमा कृषि तथा पशुपालमा तर्फ २ करोड १६ लाख, उधोग तथा वाणिज्य तर्फ ३० लाख, शिक्षा तर्फ २२ करोड ८० लाख, युवा तथा खेलकुद १६ लाख, स्वास्थ्य तर्फ ५ करोड ८९ लाख ८९ हजार, सडक तथा पुल पुलेसा तर्फ ४ करोड ८५ लाख, सिचाइ खानेपानी तथा सरसफाइ तर्फ २ करोड ३ लाख, बिधुत तथा बैकल्पिक उर्जा तर्फ १२ लाख, सुचना तथा संचार ३० लाख, भवन तथा सहरी आवास तर्फ ८ करोड ५७ लाख, धर्मिक संकृतिक तथा पर्यटन २ करोड २९ लाख, सहकारी गरिबी निवारण तथा रोजगार व्यवस्थापन तर्फ २ करोड २९ लाख, बन तथा वातावरण भुसंरक्षण विपत तथा फोहोरमैला व्यवस्थापन तर्फ ४५ लाख, सस्थागत विकास सुसासन तथा सेवा प्रवाह तर्फ ११ करोड ५० लाख, वडा गत विनियोजन तर्फ ३ करोड बिनियोजन गरिएको छ ।

आठविसकोट नगरपालिका रहेका करार कर्मचारीहरुलाइ २ हजारले तलब वृद्धि गरिएको छ । नगरसभामा पेश गरेको नीति तथा कार्यक्रम र बजेटमा छलफल गर्नका लागि भने पुनः नगरसभाको अर्को बैठक बस्ने भएको छ । बिषयगत समिति र कार्यपालिका हुदै सबैतिर छलफल गरि फेरि बस्ने नगर सभाले नीति तथा कार्यक्रम र बजेट पास गर्ने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  २१:०६
प्रतिक्रिया दिनुहोस्