Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्ने राउण्डमा आकर्षक आधुनिक काठेपुल निर्माण

कोरोनाले पर्यटनलाई क्षेत्रमा परेको असरलाई सम्बोधन गर्न आधुनिक काठे पुल
tribeni2

रुकुम पश्चिम / रुकुम पूर्वको सिस्ने गाउँपालिका १ मा रहेको सिस्ने हिमाल पुग्नको लागि तय गरिएको सिस्ने राउण्डमा आठ वटा आधुनिक काठेपुल निर्माण गरिएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका क्षेत्रमा तीन वटा, बाँफिकोट गाउँपालिका क्षेत्रमा तीज वटा र रुकुम पूर्वको सिस्ने गाउँपालिका क्षेत्रमा दुई वटा आधुनिक काठेपुल निर्माण गरिएको हो ।

जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले स्थानीय तहसँगको सहकार्यमा पुलहरु निर्माण गरेको हो । कोरोना कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन र परेको असरलाई सम्बोधन गर्न आधुनिक काठे पुलको अवधारणा ल्याएर कार्यान्वयन गरिएको परियोजनाका जीविकोपार्जन विज्ञ धर्म दवाडिले बताउनुभयो । पर्यटनकर्मीहरुको सहभागिता रहने गरेर यस्तो योजना अघि सारेको उहाँले जनाउनुभयो ।

आठबिसकोट नगरपालिका १ को देउतीखोला, ६ नम्वर वडाको रिजागाड खोला र मल्ल्लीखाना खोलामा आधुनिक काठेपुल निर्माण गरिएको छ । त्यसैगरी रुकुम पूर्वको सिस्ने गाउँपालिका १ स्थित ठुलाभेरा खोला र सानाभेरा खोलामा पनि उक्त पुल बनाईएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ४ बडगाड खोला र ज्यामिरखोला, वडा नम्बर १० को भङखोलामा पुल निर्माणको अन्तिम काम चलिरहेको छ । जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजना, स्थानीय तह र जनश्रमदान सहित ६ लाख बराबरको रकममा एउटा पुल निर्माण भएको परियोजनाले जनाएको छ । यी आधुनिक काठेपुलहरुको करिब २५ बर्षको आयु रहने परियोजना जीविकोपार्जन विज्ञ दवाडिले बताउनुभयो ।

आधुनिक काठे पुल निर्माणको कामले थला परेको पर्यटनलाई उकास्न र आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने बाँफिकोट गाउँपालिका २ का मनबहादुर खत्रीले बताउनुभयो । पर्यटनकर्मी समेत रहनुभएका खत्रीका अनुसार सस्तो, पर्यटनमैत्री र स्थानीय श्रोतको प्रयोग मार्फत आधुनिक काठेपुलहरु निर्माण भएकाछन् । यी पुलहरुले आन्तरिक तथा बाह्य पर्यटनकर्मीहरुलाई आकर्षण समेत गरेका छन् ।

सिस्ने गाउँपालिका १ ठुलाभेराखोलामा बनाईएको आधुनिक काठको पुल ।

सिस्ने राउण्डमा सरकारको लगानी सुरु

पुल निर्माणको काममा मध्यस्थता गरिरहनुभएका पर्यटनकर्मी मनबहादुर खत्रीले सिस्ने राउण्डमा सरकारले लगानी सुरु गरेको बताउनुभयो । उहाँले लामो समयसम्मको समन्वय तथा सहकार्यपछि स्थानीय सरकारले लगानी सुरु गरेकोमा खुशि व्यक्ति गर्नुभयो । उहाँले जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजनाले अघि सारेको आधुनिक काठे पुल निर्माणको सह लगानीसँगै अब स्थानीय सरकारले पर्यटन क्षेत्रमा लगानी गर्ने विश्वास जागेको बताउनुभयो ।

सिस्ने हिमाल पुग्न तीन ओटा बाटोको परिकल्पना गरेर सिस्ने राउण्ड तयार गरिएको हो । रुकुम पश्चिमको आठबिसकोट, बाँफिकोट र रुकुम पूर्वको सिस्ने गाउँपालिका क्षेत्रबाट सिस्ने राउण्ड सुरु गर्न सकिने खत्रीले बताउनुभयो । ‘हामी सिस्ने राउण्डको नक्शाको काम चाँडै टुंग्याउँदै छौ,’ खत्रीले भन्नुभयो, ‘सिस्ने राउण्डमा ८० देखि ९० किलोमिटर दुरी पर्छ ।’ उहाँले सिस्ने राउण्डको ३० स्थानमा पुलको आवश्यकता रहेको समेत उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्