Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
कारागारमा पुस्तकालय

कर्णालीका कारागारमा पुस्तकालय

सल्यान २३ चैत ।
tribeni2

कर्णाली प्रदेश सरकारले प्रदेशका कारागारमा पुस्तकालय स्थापना गरेको छ । ‘कारागारमा किताब अभियान’ अन्र्तगत आज प्रदेशका सबै कारागारमा पुस्तकालय स्थापना गरिएको हो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेशका आठ जिल्ला कारागारमा एकैसाथ पुस्तकालय स्थापना गरिएको हो ।

सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, जुम्ला, डोल्पा, कालीकोट जिल्लामा कारागारभित्र पुस्तकालय स्थापना गरिएका छन् ।

हुम्ला र मुगुमा कारागार भवन सञ्चालनमा नआएकाले हुम्लाको जिल्ला प्रशासन र मुगुको जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको छ ।

अभियानका प्रदेश सदस्य यज्ञ खत्रीले विभिन्न विधाका आठ हजार ३८८ थान पुस्तक संकलन गरिएको बताउनुभयो ।
सल्यानका कैदीबन्दी मोहन थापाले कारागारभन्दा बाहिरको संसार बुझ्न पुस्तक फलदाही हुने बताएका छन् ।

कारागारका कैदीबन्दीहरुलाई समाजमा पुन स्थापना हुन सहजता होस भन्ने उद्देश्यका साथ कर्णाली प्रदेशका सबै कारागारमा पुस्तकालय स्थापना गरिएको कारागारलाई किताब अभियान उप समितिका संयोजक प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुखको संयोजत्वमा बनेको कारागारलाई किताव अभियान उपसमितिले सल्यानमा १ हजार ८ सय १७ पुस्तक संकलन गरेको छ । ‘कारागारलाई किताब’ अभियानअन्तर्गत पुस्तकालय स्थापना गरिएका कारागारहरूमा ‘बुक क्लब’ गठन गरिएको छ । कैदीहरूमध्येबाट केही कैदीहरूको नेतृत्वमा क्लब गठन गरिएको उप समितिले जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  १६:०४
प्रतिक्रिया दिनुहोस्