नेभिगेशन
समाज

मुसिकोट -रुकुमकोट सडकखण्ड अवरुद्ध

रुकुम पश्चिम / मध्यपहाडी लोकमार्गमा पर्ने मुसिकोट-रुकुमकोट सडकखण्ड अवरुद्ध भएको छ । हिजो रातीको परेको अबिरल बर्षाको कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

रानिकोट नजिकै पहिरो झरेको र बिशाल ढुङ्गा बाटोमै आयर अडिएको यात्रुहरुले जानकारी दिएका छन । अहिलेसम्म बाटो खुलाउने कुनै प्रयास नभएको पनि यात्रुहरुले गुनासो गरेका छन ।

बाटो अवरुद्धका कारण यात्रुहरु बाटोमै अलपत्र परेका छन भने गाडी आउजाउ पनि ठप्प रहेका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज