Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रेडियो मालिकबाट ठगिएका रुकुमका पत्रकार तलब माग्दै धर्नामा

tribeni2

रुकुम पश्चिम / रेडियोमा काम गरेको करिब दुई बर्षसम्म पनि पारिश्रमिक नपाएका रुकुमका पत्रकारहरुले आज आईतबार काम गरेको रेडियोमा धर्ना दिएका छन् ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रहेको रेडियो नयाँ नेपाल एफएममा कार्यरत पूर्व पत्रकार तथा कर्मचारीहरुले रेडियोमै धर्ना दिएका हुन् । आईतबार उनीहरुले आफूले काम गरेको पारिश्रमिक पाउनुपर्ने माग गर्दै एक घण्टा धर्ना बसेका हुन् ।

त्यस रेडियोमा कार्यरत ६ जना पत्रकार तथा कर्मचारीहरले करिब दुई बर्षसम्म काम गरेको पारिश्रमिक नपाएपछि यहि असार ७ गतेबाट आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । त्यस क्रममा आज धर्ना एक घण्टा रेडियो कार्यालय अगाडि धर्ना दिएको पीडित पत्रकार सत्य बटालाले बताउनुभयो ।

रेडियो सञ्चालक समितिले पारिश्रमिक दिने बिषयमा कुनै पनि वास्ता नगरेपछि आज रेडियोमै धर्ना कार्यक्रम गरिएको पत्रकार हिरा परियारले बताउनुभयो ।

उनिहरुको आन्दोलनमा सुरुवात देखि नै नेपाल पत्रकार महासंघ रुकुम पश्चिम ऐक्यबद्धता जनाएको छ । महासंघ सहित जिल्ला स्थित पत्रकारका विभिन्न संघ संगठनहरु नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल र श्रमजीवि पत्रकार संघ नेपालले आन्दोलनमा साथ दिएका छन् । रेडियोमा काम गरेका ६ जना पत्रकारले आफुहरुले करिब १० लाख रुपैंया पाउन बाँकी रहेको बताएका छन् ।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्