Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाँदाजाँदै मन्त्री झाँक्रीका आँसु रोकिएनन्

tribeni2

काठमाण्डाै / सहरी विकास मन्त्री रामकुमारी झाँक्री निकैबेर रुनुभएको छ ।

आज आइतवार मन्त्रालयमा पत्रकार सम्मेलनसँगै मन्त्रीको बिदाइको कार्यक्रम राखिएको थियो । बिदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीले मन्त्री झाँक्रीले गरेका कामको विवरण सुनाइरहँदा मन्त्री झाँक्री भने निकैबेर रुनुभएको छ । उहाँले पटक–पटक टिस्यु पेपरले आँसु पुछ्नुभएको ।

यसअघि मन्त्री झाँक्रीले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाउनुभएकाे थियाे ।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १९:०६
प्रतिक्रिया दिनुहोस्