Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चुनबाङको गैरीगाउँमा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा सञ्चालन

२०७९ असार १२
tribeni2

रुकुम पूर्व / रुकुमपूर्व भूमे गाउँपालिका ९ गैरीगाउँमा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा सञ्चालनमा आएको छ ।

यस अघि गाउँपालिकाको वडा नम्बर २ र ६ मा वैंकिङ सेवा संचालनमा ल्याएको सिटिजन्स बैंकले शुक्रबार देखि भूमे ९ चुनबाङ स्थित गैरीगाउँमा शाखा विस्तार गरी सेवा सञ्चालनमा ल्याइएको हो ।

देशका बिभिन्न दुर्गम भेगका नागरिकहरुको सहजताका लागि सर्बसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने लक्षका साथ शाखा रहित वैंकिङ सेवा विस्तार गरिरहेको सिटिजन्स वैंकले भूमे गाउपालिका ९ नम्बर वडाका नागरिकलाई मध्येनजर गरी बैंकिङ सेवा गैरीगाउँबाट सेवा प्रवाह गरिएको सिटिजन्स बैंक भूमे शाखाका प्रबन्धक दुर्गाबहादुर डाँगीले बताउनुभयो ।

गैरीगाउँबाटै बैंक खाता खोल्ने, पैसा पठाउने, भुक्तानी, सामाजिक सुरक्षा भत्ता वितरण लगायतको सबै प्रकारका बैंकिङ सेवा प्रवाह भइरहेको प्रबन्धक डाँगीले जानकारी दिनुभयो । विकास निर्माण सम्पन्न भएका भुक्तानी रकम, लक्षित वर्गले पाइराखेको सामाजिक सुरक्षा भत्ता लिनका लागि सिटिजन्स बैंक शाखा रहेको खाबाङ बगर आउजाउ गर्न सास्ती भइरहेको थियो । नागरिकको सास्तीलाई मध्येनजर गरी गैरीगाउँमा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा सञ्चालन गरिएको छ ।

शाखा रहित बैंक सेवा प्रवाह उद्घाटन कार्यक्रममा भूमे गाउँपालिकाका पूर्व उपाध्यक्ष मनकुमारी बुढा (विष्ट), जिल्ला समन्वय समितिका पूर्व सदस्य दयालसिङ पुन, स्थानीय बुद्धिजीवी, मावि चुनबाङका शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १९:०६
प्रतिक्रिया दिनुहोस्