Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिल्लाको प्रमुख सुरक्षा चुनौति ‘अनावश्यक राजनीतिक दवाव’

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जिल्लाको प्रमुख सुरक्षा चुनौतिको रुपमा अनावश्यक राजनीतिक दवावलाई लिईएको बताउनुभएको छ ।

जिल्लाको सुरक्षा संयन्त्रले सबैपक्षलाई केलाउँदा जिल्लाको प्रमुख सुरक्षा चुनौति राजनीतिक दवाव रहेको निष्कर्ष निकालेको उहाँले जनाउनुभयो ।

बलात्कार बिरुद्धको चौथो राष्ट्रिय अभियान सुरुवातीको अवसरमा आईतबार अधिकारकर्मीहरुले बुझाएको ज्ञापनपत्र बुझ्नुहुँदै प्रजिअ घिमिरेले यस्तो बताउनुभएको हो । ‘जिल्लामा अन्य समस्याहरु पनि छन्,’ प्रजिअ घिमिरेले भन्नुभयो, ‘राजनीतिक दवाव प्रमुख रुपमा लिएका छौ ।’ जिल्लामा भौगोलिक विकटता, जनशक्तिको अभाव, लागु औषध कारोबार लगायतका अन्य बिषयका समस्या पनि रहेको उहाँले बताउनुभयो । सेवा प्रवाह र शान्ति सुरक्षा स्थापनामा राजनीतिक दलले दिने दवाव बढी मात्रामा रहेको उहाँले जनाउनुभयो ।

‘कानूनी तथा सामाजिक न्यायको अधिकार : हिंसारहित समाजको आधार’ भन्ने नाराका साथ रुकुम पश्चिममा पनि बलात्कार बिरुद्धको चौथो राष्ट्रिय अभियान सुरुवात गरिएको छ । ६ महिनासम्म चल्ने बलात्कार बिरुद्धको चौथो राष्ट्रिय अभियानको सुरुवातको दिन हिजो आईतबार रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईएको छ । महिला अधिकार, मानव अधिकारको क्षेत्रमा काम गर्ने जिल्लाका एक दर्जन बढी संघ सस्थाहरुले विभिन्न माग राख्दै धर्ना दिएका हुन् ।

जिल्ला प्रशासनको गेटमा अधिकारकर्मीहरुको धर्ना, नौ बुँदे ज्ञापनपत्र पेश 

 

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्