Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यौनजन्य दुर्व्यवहार न्यूनिकरण सम्वन्धी तालिम सम्पन्न

२०७९ असार १३
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा बालबालिकामाथि हुने शारीरिक मानसिक दण्ड सजाय तथा यौनजन्य दुर्व्यवहार सम्बन्धी तालिम सम्पन्न भएको छ ।  जिल्लाकाे भूमे गाउँपालिका महिला बालबालिका तथा समाज कल्याण इकाई रुकुम पूर्वको आयोजनामा साेमबार भूमे गाउँपालिकामा एक दिने तालिम सम्पन्न भएको हो ।

दुर्व्यवहार न्यूनिकरण सम्बन्धी उक्त तालिममा भूमे गाउँपालिका भित्रका एघार बिद्यालयका ३९ जना बालबालिकाहरुको सहभागिता रहेको थियो भने भूमे गाउँ कार्यपालिका सदस्य र वडा सदस्य समेतको सहभागिता रहेको थियो ।

बालबालिकाहरुको क्षमता अभिबृद्धि मार्फत शसक्तिकरण गरि बाल दुर्व्यवहारका घटनाहरु न्यूनिकरण गर्नका लागि तालिम संचालन गरिएको भूमे गाउँपालिकाका सहायक महिला विकास निरिक्षक धनिषा पुन मगरले बताउनुभयो ।

बालबालिका मार्फत समाजका धेरै जना नागरिकहरुलाई बालबालिकाहरुमाथि हुने शारीरिक मानसिक दण्ड तथा यौनजन्य दुर्व्यवहारका सूचना प्रवाह गर्न सकिने र दुर्व्यवहार न्यूनिकरण गर्न सहयोग पुग्ने भएकोले बालबालिकाहरुका लागि यो तालिमको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष सबिना बुढाले बताउनुभयो ।

तालिमबाट बाल अधिकार, बाल संरक्षण, बालबालिका माथि हुने शारीरिक मानसिक दुर्व्यवहार र यौन दुर्व्यवहार सम्वन्धी महत्वपूर्ण कुराहरु सिकेको र आफूमा तालिमबाट सिकेका कुरा आफ्ना बिद्यालयका अन्य साथिहरुलाई सिकाउने सक्ने क्षमता विकास भएको नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय चुनवाङका सहभागि अनुपमा बिष्टले बताउनुभयो ।

भूमे गाउँपालिका उपाध्यक्ष सबिना बुढाको अध्यक्षतामा संचालन भएको उक्त तालिमको सहजिकरण केशव कुमार बी.सी. ले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  २०:०६
प्रतिक्रिया दिनुहोस्