Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

१९ वर्षमुनीको विश्वकप छनौट खेल्न नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

काठमाडौं २३ चैत ।
tribeni2

आईसीसी यू १९ विश्वकप क्रिकेटका लागि मलेसियामा आयोजना हुने एसिया छनोट खेल्न १४ सदस्सीय नेपाली टोली आज मलेसिया प्रस्थान गरेको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशब कुमार बिष्ट, राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक जगत टमटा लगायतले विदाई गरे ।

छनोटमा नेपालले रोहित पौडेलको कप्तानीमा प्रतिस्पर्धा गर्ने छ । अप्रिल १० देखि २० सम्म योजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर, युएई, कुवेत र ओमन रहेका छन् । विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् । नेपालले छनोटका लागि भारतको आन्ध्र प्रदेशमा विशेष प्रशिक्षण गरेको थियो ।

नेपालले पहिलो खेल सिंगापुरविरुद्ध १२ अप्रिलमा खेल्नेछ । त्यसपछि यूएई, मलेसिया, ओमान र कुवेतसँग खेल्नेछ ।

प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  १६:०४
प्रतिक्रिया दिनुहोस्