Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्ने र भूमेका बिद्यार्थीलाई स्वअध्ययन सामाग्री वितरण

टोल शिक्षा संचालनमा सहयोग
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वका भूमे र सिस्ने गाउँपालिकामा रहेका विद्यालयहरुमा स्वअध्ययन सामाग्रीहरु वितरण गरिएको छ । दुई गाउँपालिकाका सबै सामुदायीक बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरुलाई लक्षित गरेर स्वअध्ययन सामाग्री वितरण गरिएको हो ।

टोल शिक्षा संचालनमा सहयोग पुग्ने गरी रुकुमेली समाज विकास केन्द्रले युनिसेफको सहयोगमा सामाग्री वितरण गरेको जनाएको छ । कोभिड १९ को कारण शिक्षा क्षेत्रमा भएको क्षति न्यूनिकरण गरेर शिक्षाको गुणस्तरमा सहयोग गर्ने र विद्यालय छोड्ने दरलाई घटाउने उद्धेश्यका साथ स्वअध्ययन सामाग्री वितरण गरिएको रुकुमेली समाज विकास केन्द्रका शिक्षा संयोजक रमेश कुमार गौतमले बताउनुभयो । उहाँका अनुसार सिस्ने र भूमे गाउँपालिकामा रहेका २० वटा बाल विकास केन्द्रलाई पनि बाल विकास सामाग्रीको प्याकेज नै हस्तान्तरण गरिएको हो ।

सोमबार सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले उक्त गाउँपालिका क्षेत्रमा रहेका बाल विकास केन्द्रलाई सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो भने भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले भूमे गाउँपापलिकामा रहेका बाल विकास केन्द्रलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।

बाल विकास सामाग्रीको प्याकेज हस्तान्तरण कार्यक्रममा टोल शिक्षा संचालनमा सहजिकरण गर्ने शिक्षकहरुको लागि समेत आवश्यक शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

रुकुमेली समाज विकास केन्द्रका शिक्षा संयोजक गौतमका अनुसार दुई वटै पालिकामा कक्षा १ को ९६३, कक्षा २ का ९५७, कक्षा ३ का ९७२ र बाल विकास केन्द्रका एक हजार ७५ जना बिद्यार्थीलाई सामाग्री वितरण गरिएको छ । त्यसैगरी ५४२ वटा डेकोटेबल बुक र १६४ सेट शिक्षक सहजिकरण निर्देशिका पनि वितरण गरिएको छ ।

सिस्ने र भूमे गाउँपालिकामा रुकुमेली समाज विकास केन्द्रले कक्षा १ देखि ३ सम्मका बिद्यार्थीहरुलाई लक्षित गरेर विगत तीन महिना देखि टोल शिक्षा संचालन गर्दै आईरहेको छ ।

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १०:०६
प्रतिक्रिया दिनुहोस्