Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सामाजिक सद्भाव, शान्ति निर्माण, मानव अधिकार र विभेद न्यूनिकरण सम्बन्धि अभिमुखिकरण सम्पन्न

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोटमा सामाजिक सद्भाव, शान्ति निर्माण, मानव अधिकार र विभेद न्यूनिकरण सम्बन्धि लगायतका बिषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
तीन दिनमा फरक फरक बिषयमा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

रुपान्तरण नेपाल र अन्तर धार्मिक शान्ति महासंघ नेपालको आयोजनामा अभिमुखिकरण गरिएको हो । रुपान्तरण नेपालका अध्यक्ष मुकुन्द शर्माले पहिलो दिनमा जिल्लाका धार्मिक अगुवाहरुलाई सामाजिक सद्भाव तथा स्वअस्तित्व बारेमा अभिमुखिकरण गरिएको बताउनुभयो । उक्त दिन धार्मिक एकता, सामाजिक सद्भाव, एक अर्काको सम्मान, एकताको महत्व लगायतका बिषयमा सहजिकरण गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी दोश्रो दिन सोमबार शान्ति निर्माण तथा समाजिक विभेद न्युनिकरणको र परम्परागत हानिकारक अभ्यासको बिषयमा सहभागिहरुलाई जानकारी दिईएको छ । मंगलबार मानव अधिकार र सामाजिक विभेदको न्यूनिकरणका बिषयमा सरोकारवालाहरु बिच छलफल गरिएको आयोजक सस्थाले जनाएको छ ।

तीन दिनको फरक फरक शेषनको कार्यक्रमलाई गैरसरकारी सस्था महासंघका अध्यक्ष नारायण कुमार शाह, अधिवक्ताद्वय रचना मल्ल र दिनेश खड्का, करिअर डेभलपमेन्ट रिसर्च एण्ड ट्रनिङ्ग वहु सेवा प्रा.लि.का मेनेजर टेकबहादुर कुसारी, रुपान्तरण नेपालका अध्यक्ष तथा अन्तर धार्मिक शान्ति महासंघ नेपालका केन्द्रीय सदस्य मुकुन्द शर्मा लगायतले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा धार्मिक तथा सामाजिक अगुवा, अवकाश प्राप्त कर्मचारी, विभिन्न क्षेत्रका युवाहरु, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

जिल्ला सञ्जाल गठन

कार्यक्रमकै बीच अन्तर धार्मिक शान्ति महासंघको जिल्ला तदर्थ समिति गठन गरिएको छ ।

मिनबहादुर पुनको संयोजकत्वमा पाँच सदस्यीय महासंघको जिल्ला संजाल गठन गरिएको हो । समितिको सदस्यमा जोहरलाल पुन, नारायाण शर्मा, रुपक शर्मा र सर्मिला बोहरा चयन हुनुभएको छ । अन्तर धार्मिक शान्ति महासंघका केन्द्रीय मुकुन्द शर्माको उपस्थितिमा जिल्ला स्तरिय समिति गठन गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्