Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा नयाँ पाठ्यक्रमबारे अभिमुखिकरण सुरु

२०७९ असार १४
tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा कक्षा ४,७ र ९ मा को नयाँ पाठ्यक्रम तथा पाठ्यसामाग्री सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु गरिएको छ ।

सानीभेरी गाउँपालिका भित्र रहेका आधारभुत तह ४, ७ र माध्यमिक तह ९ को नयाँ पाठ्यक्रम तथा पाठ्यपुस्तकको शिक्षण सिकाई सहजीकरण गर्न प्रबोधिकरण कार्यक्रम गर्न लागेको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख तारा प्रकाश पुनले जानकारी दिनुभएको छ । कार्यक्रम दुई दिन सम्म चल्ने बताइएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख तारा प्रकाश पुनको अध्यक्षयतामा सुरु भएको कार्यक्रममा सानीभेरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भुपालसिं विष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विषयगत प्रशिक्षकहरु, सानीभेरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्राविधिक सहायक प्रेमबहादुर विष्ट समेतको उपस्थित रहेको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्राविधिक सहायक डायमण्ड पुनले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  २१:०६
प्रतिक्रिया दिनुहोस्