Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाल अधिकार संरक्षण र बालमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धि अभिमुखिकरण

२०७९ असार १४
tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा बाल अधिकार संरक्षण एवम् बालमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धि विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बाल अधिकार, बालबालिकाको सवाल, सामाजिक बिकृति, संरक्षकविहिन बालबालिकाहरुको अवस्था, बाल यौन दुव्र्यवहार, बालश्रम तथा समाजमा हुने बाल दुव्र्यवहारका कारण र समाधानका उपायहरुको बिषयमा अभिमुखीकरण भएको हो । बालबालिकाको अधिकार संरक्षण र बालमैत्री शासन व्यवस्थामा बालबालिकाहरुलाई सजक र बालबालिकाको स्तर माथि उकास्न चिन्ता चासो वृद्धि गराई सचेत नागरिकका रुपमा बालबालिकालाई प्राथमिकता दिन अभिमुखीकरण गरिएको बाल अधिकृत मानविर ओलीको भनाइ रहेको छ ।

स्थानीय बाल अधिकार समिति सानीभेरी गाउँपालिका रुकुम पश्चिमको आयोजनामा अभिमुखीकरण गरिएको हो । गाउँपालिका उपाध्यक्ष तथा स्थानीय बाल अधिकार समिति संयोजक कमला रोका पुनको अध्यक्षयतामा भएको अभिमुखीकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा बाल संरक्षण संरक्षक बिर्खबहादुर विष्टको प्रमुख आथिथ्यता रहेको थियो ।

त्यस्तै सामाजिक विकास संयोजक शेरबहादुर खड्का, सानीभेरी गाउँपालिका ,रोजगार संयोजक रमेश खड्का, प्रहरी चौकी सिम्लीका इन्चार्ज गगनबहादुर सिंह लगाएत अतिथि रहेको कार्यक्रममा सानीभेरी गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन सानीभेरी गाउँपालिका बाल अधिकार अधिकृत मानविर ओलीले गर्नुभएको थियो । अभिमुखीकरण कार्यक्रममा ५५ जना शिक्षकहरुको सहभागी रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  २१:०६
प्रतिक्रिया दिनुहोस्