Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
नयाँ शहर आयोजना

सौर्य बत्तिले झिलिमिली 'नयाँ शहर चौरजहारी'

आठ वडाका ३२५ स्थानमा सोलार बत्ति
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका बिभिन्न वडामा सौर्य बत्ति जडान गरिएको छ । नगरका आठ वटा वडाका ३२५ स्थानमा सौर्य बत्ति जडान भएपछि उक्त क्षेत्रमा २४ सै घण्टा झिलिमिली हुने गरेको छ ।

चौरजहारी नयाँ शहर आयोजनाले नयाँ शहर क्षेत्रका सडक, सार्वजनिक स्थान र बसपार्क क्षेत्रमा सौर्य बत्ति जडान गरेको हो । चौरजहारी नयाँ शहर क्षेत्रमा ३२५ ओटा सौर्य बत्ति जडान गरिएको नयाँ शहर आयोजना चौरजहारीका प्रमुख धिर फडेराले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष ०७८/०७९ को स्वीकृत कार्यक्रम अनुसार छनौट भएका आठ वटा वडामा सौर्य बत्ति जडान सम्पन्न गरिएको हो ।

चौरजहारी नगरपालिकाको वडा नम्वर १ को १३४ स्थानमा, २ को ५२ स्थानमा, ३ को १०१ स्थानमा, ४ को दुई स्थानमा सौर्य बत्ति जडान गरिएको छ । त्यसैगरी वडा नम्वर ६ मा सात वटा, ७ मा १४ वटा र ११ मा पाँच वटा सौर्य बत्ति जडान गरिएको छ । आयोजना कार्यालयका अनुसार जि.टेक. कन्ट्रक्सन एण्ड ईन्जिनियरिङ्गले तोकिएकै समयमा काम सम्पन्न गरेको हो ।

भ्याट रकम सहित तीन करोड ४० लाख ४९ हजार ९५१ रकममा सौर्य बत्ति जडानको काम सम्पन्न भएको बताईएको छ । गत माघ महिनामा सम्झौता गरेर निर्माण कम्पनीले काम सुरु गरेको थियो ।

आठ वडा वडाका मुख्य क्षेत्रहरुमा सोलार बत्ति जडानले गाउँमा झिलिमिलि भएपछि स्थानीयवासी खुशि भएका छन् । चौजहारी नगरपालिका १ का रिमप्रसाद शर्माले सोलार बत्तिले सबैतिर झिलिमिली बनाएको बताउनुभयो । बिशेष गरेर सडक क्षेत्रमा उज्यालो भैरहदा रातीको समयमा बाटोमा हिड्दा अध्यारोको समस्या नहुँने गरेको उहाँले बताउनुभयो ।

रातीको समयमा बसपार्कमा झर्ने यात्रुहरु समेत सौर्य बत्तिको कारण सामान ओसारपसार गर्न र आ आफ्नो गन्तव्यमा जान सहज भएको बताउँछन् । चौरजहारी ११ का शेरजंग चन्दले बसपार्कमा रातीको समयमा पुगेपछि झिलिमिली हुने भएकोले बासस्थान खोज्न, रिक्सा खोज्न समस्या नहुने जनाउनुभयो । उहाँले उपयोगी रहेको सौर्य बत्तिको जडान कार्यको सुरक्षा र नियमितताको बिषयमा बेलैमा सोच्न जरुरी रहेको बताउनुभयो । 

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  ०६:०६
प्रतिक्रिया दिनुहोस्