Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा उत्साहका साथ मनाईयो धान दिवस (फोटो फिचर)

२०७९ असार १५
tribeni2

रुकुम पूर्व / प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रुकुम पूर्वमा पनि भव्यताका साथ मनाईएको छ । एकिकृत कृषि तथा पशुपक्षिं विकास कार्यालया रुकुम पूर्वको आयोजनामा जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले खेतमा काम गर्दै दहीच्यूरा खाएर १९ औँ राष्ट्रिय धान दिवस मनाएका छन् ।

सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको एकिकृत कृषि तथा पशुपक्षिं विकासको कार्यालयबाट र्‍याली निकालेर कमलदह हुदै छिप्रिदह परिक्रमा गरी ढकालबारा गएर औपचारिक कार्यक्रमका साथ उत्साहपूर्वक दिवस मनाईएको हो । मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा रहेको असार १५ किसानका लागि महत्वपूर्ण दिनका रुपमा रहने गरेको छ ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्यूरा खाई असार १५ मनाउँछन । जिल्लाको सबैभन्दा बढि धान उत्पादन हुने सिस्ने गाउँपालिकाको कुत्मा, सेराखेत, ढकालबारा, लुस्पा लगाएतका क्षेत्रहरुमा हिलो खेल्दै धान रोपेर दिवस मनाईएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको धान दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार लगाएत जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यालय प्रमुख पिताम्बर बस्नेतको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन कृषि अधिकृत थलराज बस्नेतले गर्नु भएको थियो ।

फोटोहरु :

 

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्