बाग्लुङमा चैतेदशैं मेला सुरु

बाग्लुङ २३ चैत ।

ऐतिहासिक चैतेदशैं मेला शनिवारदेखि बागलुङमा सुरु भएको छ । यस बर्षपनि बाग्लुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिले बिभिन्न संघ संस्था सँगको सहकार्यमा मेलाको आयोजना गरेको हो ।

चैत्राष्टमी मेला बागलुङ जिल्लाको मात्र नभई देशकै सांस्कृतिक पर्व भएकाले सबैको सहभागिता र सहयोगको अपेक्षा गरेको आयोजक बागलुङ कालिका भगवती गुठि व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए ।

तारो खेल प्रतियोगीतामा बागलुङ सहित म्याग्दी, कास्की, मुस्ताङका १० समुहले सहभागीता जनाएका छन् । प्रतियोगितामा प्रथम हुने समुहले ५१ हजार पुरस्कार पाउने छ । आदिबासी जनजातीहरुको बाहुल्यता रहेका ठाउँहरुमा लोकप्रिय मानिने तारो खेल प्रतियोगीता बागलुङमा चैत्राष्टमी मेलामा पहिलो पटक आयोजना भएको हो ।

मेलाको आवसरमा तारो खेल सहित खुल्ला भजन प्रतियोगिता, खुल्ला नौमति बाजा प्रतियोगिता, लोक दोहोरी गीत प्रतियोगिता, खुल्ला पुरुष भलिबल प्रतियोगतिा, खुल्ला छेलो प्रतियोगिता समावेश गरिएको छ । मेलाको मुख्य समारोह चैत्र ३० गते चैत्राष्टमीका दिन जिल्लाका १० पालिकाहरुको सांस्कृतिक झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  १६:०४
प्रतिक्रिया दिनुहोस्