Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लोक सेवा आयोगको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा लोक सेवा आयोगको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सञ्चालित उक्त कार्यक्रममा प्रदेश अन्तर्गतका कार्यालयका कार्यालय प्रमुख, प्रहरी प्रमुखहरु लगायत जिल्ला स्थित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागीता रहेको थियो ।

प्रदेश लोकसेवा आयोगका सचिव भूपेन्द्र थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायको प्रमुख अतिथ्यता, आयोगका सदस्य वसन्ती शाहीको विशेष अतिथ्यता र रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको अतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रदेश लोकसेवाले स्थापना कालदेखि हालसम्म गरेका क्रियाकलाप तथा भावी योजनाहरु प्रस्तुत गरिएको थियो भने सहभागीहरूले प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको भर्ना छनौट, नियुक्ति, सरूवा-वढुवा, कर्मचारी बृत्ति विकास लगायतका बिषयमा जिज्ञासा राख्नुभएको थियो ।

अन्तरक्रियामा उठेका बिभिन्न सवालहरूलाई आयोगका अध्यक्ष र सचिवले जवाफ दिनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी, लोक सेवा आयोगका सदस्य र अध्यक्षले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन आयोगका शाखा अधिकृत चन्द्र बहादुर शाहीले गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  ०९:०६
प्रतिक्रिया दिनुहोस्