Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सोलाबाङमा व्यवसाय दर्ता, नविकरण र मुल्य सूचि नभएका बढी

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ सोलाबाङ बजारमा रहेका अधिकांश व्यवसायहरुमा दर्ता, नविकरण नभएको र मूल्य सूचि नराखिएको पाईएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले गरेको बजार अनुगमनको क्रममा यस्तो यस्तो भेटिएको हो ।

महँगी र कालोबजारी रोक्ने उद्धेश्यका साथ गरिएको बजार अनुगमनको क्रममा अधिकांश व्यवसाय दर्ता नभएको, दर्ता भएकाहरु समयमै नविकरण नगरिको पाईएको सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली खड्काले जानकारी दिनुभयो । उहाँले धेरैजसो किनारा तथा खाद्य पसलहरुले मुल्य सूचि समेत नराखेको बताउनुभयो ।

सोलाबाङ बजार क्षेत्रमा रहेका ११ वटा व्यवसाय अनुगमन गर्दा मुल्यसूची नराखेको, दर्ता तथा नविकरण नगरेको, कर चुक्ताको कागजात नभएको साथै म्याद गुज्रिएका सामानहरु समेत फेला परेको सहायक प्रजिअ खड्काले जानकारी दिनुभयो । म्याद गुज्रिएका सामानहरु प्रहरी, व्यवसायी र अनुगमन टोलीको उपस्थितिमा नष्ट गरिएको थियो । अनुगमन समितिका संयोजक समेत रहनुभएका सहायक प्रजिअ खड्काले व्यवसायीहरुलाई पहिलो पटक सुझाव दिईएको र सुझाव पुरा नभएमा उपभोक्ता संरक्षण ऐन अनुसार कारबाहि गरिने उल्लेख गर्नुभयो ।

खाद्य तथा किराना पसल, मेडिकल, एग्रोभेट, तरकारी तथा फलफुल र मासु पसलहरुमा अनुगमन गरिएको हो । अनुगमन टोलीले कानूनी प्रक्रिया पुरा गर्न, तोकिएकै मुल्यमा सामान बिक्रि गर्न निर्देशन दिनुका साथै मुल्यसुचि प्रष्ट देखिने गरि राख्न सुझाव दिएको खड्काले बताउनुभयो । बजार अनुगमन कार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने सहायक प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, पत्रकार महासंघ लगायतको सहभागितामा संयुक्त अनुगमन गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्